अचेल उल्का हुन थाल्या छ। देशमा समृद्धि आउन लागेका लक्षणहरु भटाभट देखिन लाग्या छन्। उहिले गाममा भर्खर मुटरबाटो आम्दा बान्द्रेको डिलबाट पिँ~पिँ~प गरेर बस कराए झैँ, अहिले डाँडाँ पारीबाट समृद्धिको हर्न सुन्न थालिएको। मन उसै उसै काउकुतिएको छ। दिलमा खुसी सल्किएको छ। जिन्नकी गुँइठा बाल्या चुलो तर्काउने चिम्नी झैँ भा'छ। उमंग उसैउसै पुत्पुताइरहेको छ। कस्सम, यस्तो हर्क त इतिहासमा कहिल्यै भएको थिएन भनेर कुन चैं तर्कले पुष्टी गरम ? सम्रिद्धि आइ नै सकेको छ। समृद्धि हेर्न ठुल्ठुला भ्यू- टाउरहरु बन्न थालिसकेको छ। तिब्र रुपमा आइरहेको समृद्धिलाई तत्काल आवास उपलब्ध गराउन केही समयअघि चिनका विदेशमन्त्री आउँदा ५००० थान त्रिपाल मागिसकिएको छ। चीनले नि 'हुन्छ दिन्छु' भनिसकेको छ। यसरी तत्काल आवासको व्यवस्था गरिसकेसी भारतसँग कम्बल मागिन्छ। यतैका दाताबाट आन्तरिक श्रोत जुटाएर समृद्धिलाई भोजनका लागी दुई बाक्सा वाइवाई चाउचाउ र ४-५ किलो दालमोठको व्यवस्था गरिनेछ। अनि दाता सम्मेलन गरिन्छ। मनकारीहरुबाट रकम र आश्वासन संग्कलन गरिनेछ। समृद्धिलाई घर बनाउन प्रति परिवा...
“ सु सिल’दा त मलाइ मुन परेन | उहुँ ! पर्दै परेन | “ बाउराम कामरेडले भन्नु भो | “ मनै नपर्ने मान्छेलाई क्यारी सत्ता छोडम ? “ “ उह उह उह | मन नपरे क्यार्नु हुन्छ त ? “ अलि जंगिएर सुसिल’दाले भन्नु भो | “ सत्ता नछोड्ने नै दाउ छ ? ” “ मैले नछोड्ने कहाँ भनेर ? “ बाउराम कामरेडले भन्नु भयो | “ छोड्ने तर तपाइलाई हैन | तेस्रो ब्यक्तीलाई | “ “ तेस्रो ब्यक्ती रे ? हैन क्या हो ? “ राम्चन्दरजीले कोटको कलर मिलाम्दै भने | “ छोड्नोस ! छोड्नोस !! तेस्रैलाई छोड्नोस | तेस्रो व्यक्ति लाइ छोडे झनै अच्छा | “ त्यतिनै खेर हस्यांग फस्यांग गर्दै हतार हतार देउबा जी छिर्नु भयो | र खल्तीबाट रुमाल झिकेर पसिना पुछ्दै भन्नु भो | “ कामरेडले सारै धपेडी पार्दिनु भयो | एक्कासी तेस्रो ब्यक्तीलाई सत्ता छोड्ने कुरा गर्नु भयो | दौरा सुरवालाँआ आइरन नि नगरी झटपट उनेर निस्किए | फेरी बाटोमा गाडी जाम | खुल्ने छाट देखिएन | गाडीबाट ओर्लेर कुद्दै आम्नु पर्यो | ल सुभ काममा किन ढिला ? लौ चिरिच्याट परेर आको यो तेस्रो ब्यक्तीलाई सत्ता हस्तान्तरन गरिहालम त | “ राम्चान्दर इर्स्याले सिकिस्त भए | र हदबडाउदै भने | “ अह हुदैन तेस्रो...
Comments
Post a Comment