उरासं र आन्दोलन
प्र चण्ड अहिले दोहोरो पदमा हुनुहुन्छ । एक त ४ दल सम्मिलित उच्च राजनीतिक समितिको अध्यक्ष । अर्को त २२ दल सम्मिलित आन्दोलन समितिको अध्यक्ष । एकै व्यक्तिले यो दोहोरो भूमिकाको म्यानेज कसरी गर्नुहोला ? उहाँ मद्धे आन्दोलनमा हुनुहोला । मसाल सक्लाइरहदा, टायर बालिरहदा उच्च राजनीतिक संयन्त्रको बैठक बस्न पर्दा प्रचण्डले के गर्नुहोला ? तर कन्फ्युज नहुनुहोस । कुरा सजिलै छ । बैठक सडकमै बोलाउने । आखिर कार्यालयमै बोलाए नि जाने सडकबाटै हो क्यार । अरु दलका नेतालाई नि त्यहि बोलाउने । सडकमा एक एक वटा टायर ओछ्याउने उहाँहरुलाई त्यँही बसाल्ने र बैठक गर्ने । एक किलो सुन्तला र डेड दुइ माना बदाम किनेर त्यहीँ भागबण्डा मिलाउने र कालो झण्डाले मुख पुछेर बैठक समापन गर्ने ।