के ही दिन यता नेपाली राजनीतिमा फेरी उल्का हुन थालेको छ । कुन्नी कुन बुटीले काम गर्यो , चार दल अर्थात चार शक्ती बिच भटाभट कुरा मिल्न थालेका छन | दलहरुको यस्तो मिल्ती देखेर दुनियाँ चकित छ । अब त एउटा नेताबाट कुनै प्रस्तव भुइमा खस्न पाएको छैन फ्याट फ्याटी कुरा मिलिहाल्न थालेको छ । त्यसैले असम्भव , नमिल्ने र नहुने भनेको कुरा यस धरती बाट लोप हुने कुरामा छ । चार दल बिच बसेर यसो कुरा के भएथ्यो , प्रधान न्यायधिसको नेत्रित्वमा चुनावी सरकार बनाउने कुरामा सहमती भैहाल्यो । चार दल एक मुख हुनासाथ सम्पूर्ण कानुनी र संबैधानिक जतिलटाहरु चमत्कारीक ढंगले भत्किए र उहा सर्बोच्चबाट सिम्हदरवार सजिलै पस्नु भो । यता सर्बोच्च बाट सर चै निस्केर सिम्हदरवार पस्नु भएकोले त्यता चै बुच्चा मात्रै बाँकी रह्यो । तर बुच्चिनु नबुचिनुमा के मतलव । दलहरु बिच नै कुरा मिलि सकेपछी । त्यस्पछी अब कुरा आयो मन्त्री बनाम्ने । यस प्रकृयामा पनि दलहरु बिच मजैले कुरा मिल्न थाले । त्यस भन्दा अघी पनि उनीहरुले अर्को कुरा मिलाए । सरकार सन्चालन गर्न उनिहरुले आफुहरु बिचबाट "बोर्ड अफ डाइरेक्टर" बनाए । र बोर्ड अफ डाइरेक्टरले धमाधम डि...