बिचरो सरकार ।
खानु न पिनु पुर्पुराँ चिनु भन्या जस्तो अर्काकै दोसमा पनि सरकारले गाली पाएको सरकारलाई नै गाली गरेको देख्दा साह्रै दया लाएर आउदो रहेछ । बिचरो सरकार ! केहि नगरी चुपचाप बसीखादा नि के बिधी दोष लगाउन सकेका हुन् । के बिधि सराप्न सकेका हुन् । कस्तो अपजस्या कर्म लिएर आएको रहेछ सरकारले । पुर्व जनममा जनताको के रिन खाएको रहेछ कुन्नि ? अब हेर्नोस व्यापारीले कालाबजारी गर्छ दोष सरकारलाई । जुनै चिजको अभाव हुन्छ दोष सरकारलाई । ग्याँस पेट्रोल ठप्प हुन्छ दोष सरकारलाई । यस्तो नि हुन्छ ? बिचरा निर्दोसीलाई यसरी दोष कहाँ थुपार्न हुन्छ ? कालाबजारी बढ्नु व्यापारीको दोष हो । अभाव हुनु आपूर्तिकर्ताको दोष हो । ग्यास पेट्रोल ठप्प भो त के सरापिराको ? थोडी सरकारले लुकाएको हो र ? सवारीले चर्को भाडा असुल्यो सरकारलाई नै दोष । कर्मचारीले घुस हसुर्यो सरकारलाई नै दोष । अब भो ? भाडा असुल्लने त सवारीसाधनका कन्डक्टर हुन् । सरकारले उठाएको हो र ? अब हेर्नोस त कर्मचारीले खुस खाए । सरकारी अड्डामा काम पर्दा सास्ती खेलाए भनेर समेत सरकारलाई गालि गर्छन ।