एकताका तत्कालीन एमाले नेता केपी शर्मा ओलीले पार्टीमा चरी, बाहुन, परशुराम लगायत एक से एक डन भित्र्याएका थिए । एकपछि अर्का गुन्डाका नाइकेहरु पार्टीमा भित्र्याउन थालेपछि जनस्तरमा मात्रै होइन पार्टीभित्र पनि त्यसको तीव्र आलोचना भएको थियो । पछिल्लो पार्टी महाधिवेशनमा त माधव नेपालले धनवाद र डनवादविरुद्ध आफूले अध्यक्षमा लड्नुपरेको बताउदै आएका थिए । तर, केपी ओली भने गुण्डा नाइकेहरुलाई खेलाडी केटाहरुको संज्ञा दिन्थे । आफूले समाजसेवी केटाहरुलाई पार्टीमा भित्र्याएका भन्थे । अस्ति केही लेखक स्तम्भकारहरुले ओलीलाई राजनेताको पगरी मात्र गुथाएनन् पृथ्वीनारायण शाह र बीपी कोइरालापछिको उच्च मानव घोषणा गर्नसमेत भ्याए । अहिले ओलीलाई राष्ट्रवादी नेता मान्नेहरुको एउटा जमातै छ । एकखाले बौद्धिक तप्का, एकखाले समाजका फ्रन्टलाइनरहरु, आम सञ्चार तथा सोसल मिडियाहरुमा उनको स्तुतीगान प्रशस्त सुन्न पाइन्छ । तर, ओलीका समाजसेवी केटाहरु र लेखक स्तम्भकारहरुका राष्ट्रवादी राजनेता उपाधिमा उही स्तरको ठट्यौली भेटिन्छ, जब केही पछाडिसम्म मात्र पुगेर उनको विगत केलाउन थालिन्छ र केही अगाडि मात्र पुगेर राजनायकीका योग्यता केलाउन थ...