माछो माछो भ्यागुतो
"माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो । हामी सानो हुँदा हाम्रा दाई काका हरुले एउटा खेला खेलाएर हैरान पार्थे । नखेलुम भने हार्यो भनेर आछेप पाइएला भन्ने डर खेलुम भने । कहिल्ल्यै माछो पर्ने हैन जहिल्यै भ्यागुत्तै समात्नुको दिग्दारी । गर्थे के भन्दा चोर आम्ला पानीमा माछा खेले झै यता उता हल्लाउथे र माछा माछा भन्दथे र समात्न लगाउथे । हामी चै कत्तिन भरे बेलुकाको छाकै टर्ने जसरी समात्न तम्सन्थ्यौ । जब समात्थ्यौ । के गरी के गरी हाम्रा आँखा छलेर हाम्रा हातमा बुढी अम्ला पारीदीइ सकेका हुन्थे अर्थात हाम्रो हातमा भ्यागुत्तो हुथ्यो । त्यसपछी सुरु हुन्थ्यो उल्ली बिल्ली भ्यागुतो खायो भनेर । अनी फेरी समात भनेर माछोमाछो भन्दथे । हामी फेरी समात्न तम्सन्थ्यौ तर लास्टमा पर्थ्यो फेरी भ्यागुतोमा । खेल साह्रै झ्याउ लाग्दो र कती पनि रुचिकर थिएन तै पनि उनिहरु भेट्नासाथ अम्ला हल्लाएर माछोमाछो भनी हाल्थे अनी समाती हाल्नु पर्थ्यो । त्यो पट्यारलाग्दो खेलबाट बच्न म उनिहरुको अगाडि नै पर्दैन थिए । यही दिक्क लाग्दो खेल जनमानस मा माछो भ्यागुतो को नामले प्रख्यात छ । उद्धेस्य आस देखाउनु लोभ्याउनु र पछी हिस्स पार्नु ।...