गोप्य बैठक
“पत्रकारले कुरा बिगारे” कामरेड प्रचण्डजीले भन्नुभयो “हाछ्यु गर्न पा छैन” थप्नु भो “खात खुत्तै लेखिदिन्छन्” “त्यहि त” सुशिलजीले भन्नुभयोे “बोल्न केही पा छैन टीभी रेडियो अखबारमा आइहाल्यो” थप्नु भो “उखान छ नि बोल्यो कि पोल्यो ” “बोल्यो त पोल्यो ठीकै छ” कामरेड खनालजीले भन्नुभयो “नबोल्दै आथ्थु बनाई रा’छ यहा“” थप्नु भो “प्रम बन्ने भित्रि इच्छा, भन्न पा छैन । बाहिर छताछुल्लै” “वर्तमान परिपेक्षमा” माधव कामरेडले भन्नुभयो “दिमागमा कुरो सोच्न पा छैन कताबाट कुरो खुस्किन्छ लाइभ टेलिकास्ट” “हामी नै देशका हर्ताकर्ता” रामचन्द्रजीले भन्नुभयो “हामी नै भूमिगत हुनु पर्या छ । भ\mयालबाट हेन समेत हुदैन । हरुवा भनेर खिस्याई हाल्छन स्वाठहरु ” थप्नुभो “गोप्य बैठकले बढो स्वाद आ’छ” “गोप्य बैठक त बसियो” प्रचण्ड कामरेडले भन्नुभयो “तर गर्ने चाहि के -” “हामीलाई पूर्ण स्वतन्त्रता छ” सुशिलजीले भन्नुभयो “पूर्ण स्वतन्त्रता भएको स्थानमा गर्ने कुरा को के दुःख ?” “कौडा हानौ” कामरेड झलनाथजीले भन्नुभयो “बढो गजप हुन्छ” “अल्लि हुन्न की -” कामरेड बाबुरामजीले भन्नुभयो “जुवा खेल्नाले बाह्रमासे होइन्छ” थप्नु भो “जबकी थपिएको संविधा...