देश सपार्ने जिम्मा हामी बाँदरको
“देश विगारे उपद्राहाहरुले” आँपको रुखबाट सिसौको रुखमा फड्को मार्दै ढेडुवा बाँदरले भन्यो- “देशलाई खरानी बनाउने भए ।” “के रे के रे – कसलाई उपद्रयाहा रे -” कटुसको रुखबाट धाँक धाक धुक धुक गर्दै अर्को ढेडुवाले भन्यो- “अरुलाई हेपेर बोल्ने हैन है” “अब देशलाई अझ बिग्रन दिनु हुन्न” पहिले ढेडुवाले भन्यो- “त्यसैले सत्ताको नेतृत्व हामीले लिनु पर्छ ।” “हो यार अब देश सपार्ने जिम्मा हामी बाँदरको हातमा छ ।” दोश्रो बाँदरले भन्यो । “कस्ले हेप्यो तिम्लाई -” पैलो ढेडुवाले अचम्म मान्दै सोध्यो “त्यसै सन्केर आउँछौ ।” “किन नसन्किउ -” दोश्रो बाँदरले भन्यो- “झोक चलाएसी झोक चल्छ ।” थप्यो- “झोक चलेपछि सन्किइन्छ ।” “अरे चैते ! झोक चै किन चल्यो – पैले भन्नु परो नि त किलियर साथ ।” पैलो ढेडुवाले भन्यो- “त्यसै सन्किने त -” “केरे केरे कस्लाई चैते भनेको, माइन्ड योर ल्याङग्वेज ओ के -” दोश्रो ढेडुवा रिसायो र भन्यो- “अशिष्ठ भाषा प्रयोग गरेर बाँदर सभ्यताको उपहास नगरम” थप्यो- “थोडी हामी मान्छे हौ र यस्ता असिष्ठ असभ्य कुरा गर्नलाई -” “लु भन्नोसन त महासय”, पहिले ढेडुवाले खिसि गरेको शैलीमा दोश्रो ढेडुवालाई सोध्यो- “हजुरलाई के का...