पात्रहरु पारस ः टाइगर १ रुबेल ः टाइगर २ सरकार ः स्याल सुजाता ः बघिनी अनि प्रहरी नामका स्याल हुइया बथान दृश्य एक ः स्थानः टाइगर टप दारु अड्डा -चितवनको घना जंगलभित्र टाइगर टप दारु अड्डाभित्र निकै हल्लि खल्ली छ । रक्सिले मातेको आवाजमा केही मानिसहरु जोड जोडले कराइ रहेका छन्. । विस्तारै पर्दा खुल्छ ।) टाइगर १ ः साले रक्सि खानुमा ठूलो ट्रयाजिटी छ मेरो । टाइगर २ ः (हाँस्छ) टाइगर १ ः हाँस्छस ? मेरो ट्रयाजिटीमा हाँस्ने तँ ? टाइग्र २ ः मलाई हाँस्न तेरो ट्रयाजेटी चाहिन्छ ? टाइगर १ (टेबलमा बोतल बजार्दै) अनि किन हाँस्छस त ? टाइगर २ ः म आफ्नै कमेडीमा हाँस्दैछु । टाइगर १ ः साले मेरो ट्रयाजेटी तेरो कमेडी ? -टाइगर २ पुच्छ्रे गिलासमा रहेको झोल पदार्थ सिनेत्तै पार्छ र खिख्तिउँछ) टाइगर १ ः (आफ्ना वरिपरिका मान्छेहरुलाई हेछ र पाइन्टको बगलि छाम्छ, सिलिङतिर हेर्छ बाहिर हेर्छ र टाइगरको आँखामा आँखा जुधाउछ) ओइ, बाहिर हिड बाघ हेर्न जाम । टाइगर २ ः जान्न – म किन जाम ? तँ मुला स्याललाई पो बाघ हेर्न रहर छ र जान्छस म आफै बाघ छु त किन जाउ बाघ हेर्न ? टाइगर १ ः (जुरुक्क उठ्छ र अति क्रुद्ध आँखाले टाइगर २ लाई हेर्छ । मान...