“ए बाबु उठ कति सुतिरा’को -” सात बजेसम्म ओछ्यानमा सुतिरहेको छोरालाई आमाले चिच्याइन र तर छोरा उठेनन् । “बाबु । तलाई स्कुल जान पर्दैन” आमा चाठ्ठइन र तर छोरा सुतिरह्यो । “अब चाही पानी खन्याए है ।” आमाले अत्याइन । “……एकै छिन सुतौ भनेको दिएनन” छोराले अश्लिल शब्दको फोहोरा छुटाउँदै उठ्यो । “छि छि छि, हेर, बोलेको -” आमाले गाला चड्काइन । “…….. पिटेको -” छोराले फेरी अश्लिल शब्दले चिच्यायो । आमाले फेरी ठटाइन फुच्चैले फेरी अर्को अश्लिल शब्द बोल्यो । किन बोलिस भनेर फेरी ठटाइन उसले फेरी बोल्दियो । यसरी जति पटक ठटायो उति पटक उ झ झन बढी र कडा डोजको अश्लिल शब्द बोल्न थाल्यो । “बाबु गतिलो भए पो छोरा गतिलो होस” आमा भुत्भुताउन थालिन । “धत बाबु त्यस्तो नि बोल्ने हो ,” बाबुले सम्झाउन थाल्यो । “यस्तो नबोले कस्तो बोल्ने त -” छोराले प्रश्न गर्यो “यस्तो राम्रो संस्कारमा हुर्केको मान्छेले त्यस्तो फोहोरी कुरा गर्न हुँदैन । अब त्यसो नगर है” बाबुले छोरालाई सम्झायो । “अँ ठुला मान्छेले चाही बोल्न हुने हाम्ले चाही किन नहुने -” छोराले प्रश्न गर्यो । “को ठुला मान्छेले बोल्यो -” बाबुले सोधे । फुच्चे बोलेन । “तिम्ले बोल्...