" क्वाटर कामरेड !" डाक्टरसापले असन्तुष्टि पोख्नुभो । " यो त भएन । " " ठिकै छ । " हेड क्वाटर कामरेडले भन्नुभो । " क्वाटरले नपुगे हाफ लिनोस । फुल लिनोस । " “ यो जिमिन्दारी शैली भो !” डाक्टरसापले गुनासो पोख्नुभो । “ घ्याम्पा जति सबै आफैं राख्ने । " थप्नुभो । “ बोतल चै आधा आधा गरम भन्ने ?” “तपाईमा गम्भीर बिचलन आयो !” हेडक्वाटर कामरेडले भन्नुभो । "पार्टीको बहसलाई मदिरामा लगेर जोड्नुभो ।" "बिचलन ममा होइन तपाईंमा देखियो ।" डाक्टरसापले भन्नुभो । "क्रान्तिकारी सम्बोधनलाई मदिरामा जोड्नुभो ।" "क्वाटर भनेर कुरा झिक्नु भो । त्यसलाई लगेर क्रान्तिमा जोड्नुभो ।" हेडक्वाटर कामरेडले भन्नुभो । "फेरी मैलै नै जोडेको भन्नुभो । बिचलन तपाईंको बुझाईमै देखियो । सिद्दान्तको त कुरै नझिकम ।" "तपाईं हेडक्वाटर हुनुन्थ्यो । पछी गएर आफ्नो पहिचानै गुमाउनु भो । क्वाटरमा सिमित हुनुभो ।" डाक्टरसापले भन्नुभो । "सिद्दान्त बिर्सिसक्नुभो । के कुरा झिक्नु ...