बालुवाटार छोडदिन ।
"ए बाजे !" एकाबिहानै नेपालमा निर्मित एक झन्डावाल गाडी राष्ट्रबैंक निरको एक अग्लो घर अगाडी रोकियो र सवार ब्यक्तिले भित्र बाटै चिच्यायो ! "ए बाजे !" "यसरी बिहान बिहान बोलाँउदा नी नबोलेको देख्दा यो शहरको मान्छे कुम्भकर्ण बने भन्ने हामीलाई लाइराछ !" घरबाट कुनै जवाफ न-आएसी सवार ब्यक्ती फतफताउदै गाडी बाट झर्यो । "कुम्भकर्णे पाराले मुलुक बन्दैन भन्ने हाम्लाई लाइराछ !" "बाजे~~~~~ ए बाजे !" कालोटोपी लगाएको त्यो मान्छेले फेरी चिच्यायो । "बाजे~~~~~~ए !" भित्रको बाजेले सुनेन । बाहिरको उसले गेट धकाल्यो तर बन्द थियो । के गर्ने ? के गर्ने ?? भएर पर्खालतिर हेर्दै गर्दा उसले आफ्नै पुरानो डायलग संझियो - " चिप्लेकिरा जस्तो घस्रने होइन , भ्यागुता जस्तो उफ्रने । " अब के चाइयो र ? दिमागमा बत्ती जो बल्नु थियो बलिहाल्यो । त्यसपछी " उफ्री भैरे ! नाघ पर्खाल ! भेट बाजे ! " भन्दै केटो पर्खालतिर अघी बढ्यो । एक त अली होचै पर्खाल अर्को त बालुवाटारको हावापानीले मोटाए पनि सिलिमै देखिने उसको ज्यान । दुवैको कम्बिनेसनले पर्खाल उतिसारो चुनौती ...