विश्व खाध्य कार्यक्रमको जयजयकार गरौं !
प्र चारमै पनि मख्खन चामलको बास्ना ३०० मिटर भन्दा भन्दा बढी फैलदैन थियो । विश्व खाध्य कार्यक्रमको चामलको बास्ना त ख्यालख्यालमै १ लाख ४७ हजार १ सय एकासी बर्ग किलोमिटर फैलिसकेछ । र अहिले मुलुकभर यसकै बास्नाको चर्चा हुन थालेको छ । बासमती चामलभन्दा बास्नादार चामल खासै नदेखेका हामीलाई विश्व खाध्य कार्यक्रमको सुपर बास्नादार चामलले दंग बनाएको छ । फरक यति हो बासमति चामल नेपाली चामल भएकोले नेपालीमै हरर बास्ना आउंथ्यो । विश्व खाध्य कार्यक्रमको चामल बिदेशी भएर अंग्रेजीमा हरर ( डरलाग्दो ) बास्ना आउदोरहेछ । नेपाली बास्नेदार चामल बासमती हो भने विश्व खाद्य कार्यक्रमले ल्याएको चामललाई चै ह्वास्मती ( ह्वास्स + मती : ह्वास्स गनाउने र पवित्र बागमतीको जल खाए झैँ फाइदा गर्ने ) भनिन्छ । प्राकृतिक प्रकोपमा परेका नेपालीलाई यस्तो बास्नेदार ह्वास्मती चामल ल्याएर खुवाउने दिलदार, मनकारी विश्व खाद्य कार्यक्रमलाई जति तारिफ गरे पनि कमै हुन्छ बढी हुन्न । मुलुकमा त्यस्तो क्वाइलीटीको ह्वास्मती चामल त कहिल्यै आएको थिएन । जो एक पटक कसैले खायो भने जीवनभर डकारमा त्यसकै बास्ना आउछ र महिनौ सम्...