बालुवाटार पस्ने योग्यता
प्रधानमन्त्री नै भएर बालुवाटार पस्ने कुरा लरतरो हुदै होइन । थोरै भाग्यशालीहरुले मात्र त्यस्तो अवसर प्राप्त गर्न सक्छन त्यस्तै अवसर प्राप्त गर्ने थोरै भाग्यसालीमा कामरेड झलनाथ खनाल पनि पर्नु भएको छ । कुनै जमानामा बालुवाटार छिर्न चुनाव जित्नु पथ्र्यो । त्यस्ते एक जमाना यस्तो पनि आएको थियो कि चुनावको त्यहा“ कुनै अर्थ हु“दैन थियो नारायणहिटीबाट सक्षम र स्वस्थ छविको प्रमाणपत्र पाएपछि बालुवाटार पस्न पाइन्थ्यो आवासिय रुपमा । कामरेड मादप नेपलाले सक्षम र स्वस्थ छविको लाइसेन्सको लागि ट्रायल दिनुभएको थियो त्यतिबेला । तर इन्द्रधनुसी काइदाले निउरीएर मोहोर चडाउदा पनि कुन्नी कता मिस्तेक ख्वाएछ उहा फेल हुनु भयो भयो तर शेरबहादुर देउवाज्यूलाई भने एक से तिनको बालुवाटार छिर्ने लाइसेन्स खोसेर असक्षमको उपाधिसहित धोक्रेठ्याक लगाए पनि पछि फेरि स्वच्छ छविको ट्रायल पास गरी बालुवाटार प्रवेश गर्ने लाइसेन्स प्राप्त गर्नुभो तर पछि फेरि लाइसेन्स खोसियो र फेरि असक्षमको उपाधिसहित उनको लागि बालुवाटारको ढोका बन्द भयो उनले हालसम्म उनले आवासिय रुपमा बालुवाटार पसो आवासिय लाइसेन्स प्राप्त गर्न सकेका छैनन् । यता नारायणहिटीको ...