ब्रेक थ्रू !
ओलीले फोन गर्नुभो । मोदीजीले पनि उठाउनुभो । "हलो ।" "नमस्ते मोदीजी !" ओलिजीले भन्नुभो — "६४ औं स्वतन्त्रता दिवसको शुभकामना । कुरो बुझ्नुभो त ? तपाइँलाई बधाई अनि शुभकामना छ ।” "फेरि ओलीजी ले नै भन्नुभो — "भारतका जनताको थप प्रगति र समृद्धिका लागि शुभकामना ।" अझैपनी ओलीजी नै बोल्नुभो — "हामी भारतसँग अर्थपूर्ण द्विपक्षीय सहकार्यको अपेक्षा राख्दछौँ । " "हजुरले अघि लालकिल्लामा सम्बोधन गर्दा छिमेकलाई नविकृत प्राथमिकतामा राख्ने धारणा व्यक्त गर्नुभएको थियो नि ? यस्तो टेस पर्यो कि ? साँच्चै क्या फुर्ने के तपाईंलाई ।" यता ओलीजी दिएको दियै । उता मोदीजी चुप । ओलीजीलाई लाग्यो — "क्या दिइयो । इतिहासमा पहिलोपटक बोलेरै भारतलाई चुप बनाइयो ।" मुसुमुसु हाँस्नुभो र सोच्नुभो — "अब घण्टाकर्ण पर्वको अवसरमा दुई शब्द व्यक्त गर्दा यहि भन्न पर्छ ।" यति सोचेर ओलीजी फेरि फोनतिरै लाग्नुभो । हैन मोदीजी त अझै चुप लागेरै बस्या छन् त ! सोच्नु भो — अब एक लट अझै दिनुपर्यो - "कोभिड -१९ विरुद्ध हाम्रो स...