बतासैले उडाइ लगो
जनकपुरमा दामोदरजीको स्वागतमा राखिएका स्वागतद्वार र मन्च उडाइदिएच बतासले । हँसाम्च बतासले पनि । कुरो सुन्दा नि चिनो फिलमको गित जस्तो लाइरच । "बतासैले उडाइ लगो माया मेरो"- हेरिहाल्नुस् न - परमपिरे मोदिजीको सम्मानमा बनाइएका गेट र मन्चहरु केवल गेट र मन्चहरु मात्रै थिएन । मोदीजी प्रतिको पिरिम थियो । जिगर के टुकड़े थियो । ति केवल स्वागतद्वार थिएनन् नेपाल भारत सम्बन्धको हरिद्वार थिए । त्यो हाम्रो पिरिमको निसानी थियो । मुरलीधरजीले गाए झैं -कहाँबाट आयो अलक्षिना बतास । उडाइ लगो निष्ठुरीले । त्यो गेट उडाको हैन । माया उडाएको हो । बतासैले उडाइ लगो माया मेरो । "फूलमाथी सजाइदियो छाँया तिम्रो"- फूलको स्पेलिङ हुन्च - fool. माने हुन्च - मूर्ख । ठ्याक्कै हामी । मोदीजी र हाम्रो सम्बन्ध मेकिङ फूल बिइङ फूलको छ । उहाँले हामिलाई फूल बनाउने । हामी आफू फूल बन्ने । फेरि यिनै फूलमाथी उहाको छवि सजिनै रहेको छ । हामी फेरि उत्तिकै ब्यग्रताका साथ उहाँलाई स्वागत गर्न, सम्मान गर्न र अभिनय गर्न तम्सिएका छौं । आखिर मोदीजी ! के जादु छ तिमिमा जसले -फूलमाथी सजाइदियो छाँया तिम्रो । "जि...