चमत्कार ओली कामरेड संसदीय दलको नेता भएसी एमालेले मजैले बुर्कुसी मार्न थालेको छ । पहिला पहिला घर्सिर्दै चल्ने पार्टी उहाँको आगमन संगै उफ्रेर चल्न थालेको छ | अब एमाले ब्रेक नभएको ट्रेन जस्तो चल्या चल्यै गर्न थालेको छ । उहाँको नेतृत्वमा एमाले संसदीय दलको ' ननस्टप स्पिड ' हेर्दा अब एमाले कहिल्यै रोकिन्न क्यारे भन्ने लाग्न थालेको छ । चल्ने जिनिस उनसुकै होस् , त्यो ड्राइभर बिरामी भएसी चल्दैन थियो । तर यो एमाले भन्ने जिनिस ड्राइभर बिरामी भए नि चल्या चल्यै छ । डुलमुले गाडीको यो अनवरत चलाई देखेर दुनिया तिन छक्क छ । तातै पानि त्यो भन्दा छक्क लाग्दो कुरा एमालेले अहिले निरन्तरताको क्रमभंग गरेको छ । पहिले पहिलेको " अहँ हुन्न । ", " हुदै हुन्न !" " त्यै चाहिन्छ। " " नत्र हुन्न !" पछे " ल भै गो नि त भनेन । " हुन्नका हुन्नमै आफुले चाहेको लिएरै छाड्यो । यसपाली " नत्र ..." पछी सुसिलबाले टेर्दै नटेर्दा नि एमालेले रिसले होस् गुमाएन र । चिसै पानीले नुहाएर झोक फेरेन । बरु ननुहाएरै डडाल्नु कन्याउदै बस्यो । अनि त सुसिलबालाई रुख मासि...