गाईजात्रा
दृश्य १ः नजिकिदो गाइजात्राको अवसर पारेर दुइ गोरु बिच रेसलिङ कम्पिटिसन भएछ । वर्षौ भरी खुब दाना पानी खाएर उन्नत बनेका ति दुइ साढेहरु साक्षात भगवान श्री महादेवका वाहन जस्ता देखिन्थे । त्यसैले यो जुधाई कम्तिको रोमाञ्चक थिएन । त्यसैले महिनौ देखि यसको टिकट बुकिङ सुरु भयो । वल्लो गाउँ पल्लो गाउँ देखि वल्लो जिल्ला पल्लो जिल्लासम्मका मानिसहरु भेला भए त्यो रोमाञ्चक साढे जुधाई हेन । विशाल र आकर्ष हरियो घासे मैदानमा आम्ने साम्ने परि ति विशाल साढेहरु कुलन थाले । त्यो विसाल साढेहरुको कुलाईले पौराणिक युगको कुरुक्षेत्रको झल्को दिलाउथ्यो । रेफ्रीको सिठिसँगै घासे मैदानमा ति उन्मत्त र विराट साढेहरु बुट्टुटुटु दगुदा दर्शक दिर्घामा रहेकाहरुका आङ एक पटक जुरुङ्ग भयो र रौहरु ठाडा भए । रेफ्रीको दोश्रो सिठ्ठीसँगै दुवै जुध्न थाले झण्डै दुइ घण्टाको घमासान लर्डाई पछि एउटा पछारिएर उत्तान टाङ लाग्यो । अर्को जितेको खुसियाली मनाउन थाल्यो । हार्नेलाई सारै लाज लागेर आयो । सारा मानिस उसैलाई हेन थाले र उसलाई हरुवा भनेर गिज्याउन थाले । “मैले कहाँ हारे -” हरुवा गोरु कुर्लियो । “तैले नहारे थोडी मैले हारे त -” जित्ने झन कुर्...