अन्तत फेरी शान्ती र संबिधानले पूर्णता पाउने लक्षणहरु धमाधम देखिन थालेका छन । यो लक्षणहरु प्रधानमन्त्री ज्युको शान्ती प्रकृया प्रतिको , संबिधान निर्माण प्रतिको चिन्ता बाट देखिएको हो । धन्य प्रधानमन्त्री ज्युको चिन्ता , जसले गर्दा यती सकारात्मक लक्षण हरु देखिन थालएका छन । अहिले देखिदै छ कसैको चिन्ताले कती धेरै मानिसलाई उत्साह जगाउछ । कसैको चिन्ताले कती धेरै मानिस मा आसा जगाउछ । साच्ची प्रधानमन्त्री ज्यु चिन्तित हुनुहुन्छ । सान्ती र संबिधान प्रती । त्यसैले त उहा कुनै पनि हालत मा सान्ती र संबिधान मा नकारात्मक प्रभाव पर्ने कुनै पनि कुरा गर्न गराउन चाहनु हुन्न । उहाले धेरै ठुला ठुला निर्णय गरेर र ठुला ठुला निर्णय नगरेर दुबइ तबरले शान्ती र संबिधानलाई भाडिन बाट बच्चाउनु भएको छ । त्यसैले अब छिटो छिटो संबिधान बन्ने लक्षणहरु देखिन थालएका छन । अस्ती मात्र केही उरन्ठ्यौला सभासद हरुले लडाकुहरुको पैसो माओवादीले कुम्ल्यायो भनेर संसदमा ठुलो होहल्ला मच्चाए । निश्चय पनि शान्ती र संबिधान को कुरा चलाउनु पर्ने संबिधानसभामा त्यती ठुलो होहल्ला हुनु निकै खतरापूर्ण कुरा थियो । यता मिडिया हरुले पनि लडाकुको पैसो...