अरुको मुद्दामा झुकिन्न |
ए कजना बाक्लो जुँगा भएको मान्छे । कपाल सर्लक्कै माथितिर फर्काएका । अनि चस्मा लगाएका । बानेस्वर , संबिधानसभा भवनको अगाडी एक मान्छे आकाश हेरेका छन । हेरेका छन् । देख्नेहरु अचम्म भईरहेका छन् - यिनी के हेरीरहेका छन भनि । तर एक टक तिनी आकाशतिर हेरी नै रहेकाछन । आखिर तिनी के हेरीरहेका छन् ? वरिपरी मान्छे झुम्मिए । पहिचान भयो - उही चिर परिचित नेताजी जसले कुम हल्लाएको , जेल लगाएको , ब्याडमिन्टन खेलेको , नाचेको देखि ख्वाक्क खोकेकोले सम्म बिशेष अर्थ राख्छ राजनीतिमा । दशौ मिनेटदेखी एक टक आकाशमा हेरीरहेका छन् त किन अर्थ नराखोस । मान्छे थुप्रिए र धुइपत्ता त्यसको अर्थ खोज्न थाले । र मान्छेहरु उसैगरी आकाश हेर्न थाले । नयाँ देख्ने छक्क परे - " हैन के के हेरी रहेछन यसरी आकाशमा ? सोचे - " पक्कै पनि केहि हुनुपर्छ आकाशमा , नत्र यतिका मान्छे किन यसरी आकाश हेरेका हेर्यै गर्दथे ?" यसरी नयाँ मान्छे पनि आकाश हेर्नेमै सामेल हुन थाले । र मान्छे थपिएको थपियै ।