प हिले पहिले सौचालय जाँदा लोटा बोकेर जान्थे । अचेल बाथरुम छिर्दा क्यामेरा युक्त स्मार्टफुन लिएर छिर्छन । स्मार्टफुनको स्मार्ट युगका स्मार्ट मान्छेहरु, जसलाई दिन सुभारम्भ गर्न पानी नभए नि क्यै फरक पर्दैन । ट्वाइलेट पेपरले चल्छ । तर क्यामेरा बिना चल्दैन । किनकि बिहान उठे देखी राती नसुते सम्म र राती निन्द्रा खुल्दा सम्मका तालतालको थुतुनोग्राफी अपरिहार्य छ । थुतुनोग्राफी जिउनुको प्रमाण हो । समय समयका, ठाउँ ठाउँका र किसिम किसिमका थुतुनोग्राफी लिएर सोसल मिडियामा पोष्टिए पछी पो थाहा हुन्छ, यो बाँचिरहेछ भन्ने । उठ्यो, बस्यो, खायो, सुत्यो, घुम्यो, हिड्यो देखि सम्पूर्ण दैनिक कार्यको प्रमाण हो थुतुनोग्राफी । थुतुनोग्राफ नलिईकन बाँच्नुको अर्थ छैन | जसरी सर्टिफिकेट नलिई औपचारीक पढाइको अर्थ छैन । त्यसैले आफु बाँचेको प्रमाण सोसलमिडियाहरुका भित्तामा झुन्ड्याउन थुतुनोग्राफरहरुको हरुको तछाँड मछाड छ । थुतुनोग्राफी आत्मघाती फोटोग्राफी हो । जो आफैलाई ताकेर हानिन्छ । यस्तो खतरनाक कुरा तर्फ नि मान्छे लालाहित छन । अरु कुनै पनि आत्माघाती कुराहरु मान्छेलाई प्रिय छैनन् । आत्मघ...