अनि किन नजंगीउन त गृहमन्त्रीज्यू ?
गृहमन्त्री
ज्यु आजभोली अलि तात्नुभा'छ
। तात्नुको मतलव नबुझम कि
उहाँलाई हनहनी ज्वरो आएको छ
। उहाँलाई ज्वरो आको हैन बरु
ज्यान सेलाएर सिताङ्ग भएको हो । "अनि
ज्यान सेलाएका मान्छे कसरी तात्नुभो
त ? कि
डान्सबार तिर आँखा लगाउने
मान्छे फेरी आँखा लगाएर त्यहि
हट दृष्यको प्रभावले पो तात्नुभो
कि ?” भनेर
नि नसोचम । उहाँले त्यतातिर
उतिबिधी आँखा लाउनु भएको छैन
अचेल । उहाँ औराखको मुडा बालेर
नि तात्नु भएको हैन र चैतको
घामले नि तात्नु भएको छैन ।
उहाँ तात्नु भएको छ त झोकले
। रमेश खरेल नामको पुलिस अधिकृत
सँगको रिसले चुरिएर उहाँ
रन्किनु भएको हो ।
मान्छेहरुले
खरेलसँग जंगिएर अति गरे भनेर
मन्त्रीज्यूको कुरा काटेर
ध्वस्तै पारेका छन् ।कर्तव्यपालनमा
खटिएका पुलिस अधिकृतलाई यसरी
सराप्न र आक्रोश पोख्न हुन्नथ्यो
भन्ने पनि प्रसस्त छन । तर
खासमा यो होइन । मन्त्रीज्यूले
तँ इमान्दार भइस,
तैले
राम्रो काम गरिस भनेर कहाँ
सराप्नुभाको हुन त ?
उहाँले
त सेलिब्रेटी भयो,
हिरो
बन्यो भनेर पो सराप्या त ।
हिरो बन्यो, हिरो
नबन भनेर सराप्नु कहाँ उनलाई
हतोत्साहित गर्या हो त ?
बरु
उत्साहित पो गर्या हो त । पुलिस
हिरो बनेपछी उनले फिलिम खेल्ने
कि चोर समात्ने ?
गृहमन्त्रीज्यूको
आक्रोस यहाँ हो । पुलिस सेलिब्रेटी
भैसकेसी उनलाई अटोग्राफ दिदैमा
फुर्सद हुँदैन,
अनि
हतकडी कसले लगाउने ?
मिडियामा
उनकै वाह ! वाह
! अन्तर्वार्ता
र भाषण उनले नै दिन थालेपछी,
मन्त्री
ज्यु चै के गरेर बस्ने ?
उनकै
भाषण सुनेर बस्ने ?
उनकै
अन्तरबार्ता पढेर बस्ने ?
कुरा
कम्ता जंगचल्दो छ त ?
कुरा
कम्ता पिरपर्दो छ त ?
उस्तै
मान्छेहरु भए गएर भित्तामा
ड्वाङ ड्वाङ टाउको ठोक्थे ।
हाम्रा गृहमन्त्रीज्यू अलि
सहनशिल मान्छे भएर मात्रै हो
।
मान्छेहरु
भन्लान - "रमेश
खरेल हिरै बन्न खोज्या छैनन्
गृहमन्त्रीले त्यसै आरोप
लगाए । उनी हिरो हुन खोज्या
मात्र होइन भएकै हुन् ।"
गुण्डा,
डन,
भिलेनहरुलाई
खोजीखोजी समात्ने र कारवाही
गर्ने हिरो नभएर के डान्सर हुन् त ?
डन
भनिनेहरुलाई फ्याउरा भनेर
समात्दै खोरमा हुल्दै गरेर
सातो लिने मान्छे हिरो नभएर
के सिभिल इन्जिनियर हुन् त ?
त्यसैले
खरेलजी हिरो बन्न खोज्या मात्र
होइन बनिसक्या हुन |
हाम्रा
गृहमन्त्रीज्यू अलि सहनशिल
मान्छे भएर मात्रै हो,
हिरो
बनिसके पनि हिरो बन्न खोज्या
मात्र भनिदिनुभाको ।
पुलिस
त पुलिस पो हुनुपर्छ त । हिरो
भएर नि हुन्छ ?
उनको
सप्पै स्वभाव हिरैको जस्तो
छ । पुलिसको जस्तो केहि छैन
। पुलिस भएसी त चाकडी चाप्लुसी
गर्नु, स्यालुट
हान्नु, चिप्लो
घस्नु | क्यै
छैन मात्र अपराध नियन्त्रण
भन्या छ । शान्ती सुरक्षा
भन्या छ । चोर,
फटाहा,
डाँकाहरुको
निद हराम गर्या छ । यसरी नि
हुन्छ ? अब
उनले अहिले सम्म मन्त्रीज्यूलाई
समेत भेट्या छैनन् रे ।
मन्त्रीज्यूलाई त भेट्न नसक्ने
ले चोर कसरी भेट्न सकछ र समात्ने
। उनले अहिले सम्म मन्त्रीज्यूलाई
स्यालुट ठोक्या छैनन रे |
मन्त्रीज्यूलाई
स्यालुट त ठोक्न नसक्नेले
अपराधीलाई हतकडी कसरी ठोक्न सक्छ
? आफुले
त 'स्यालुट'
ठोकेनन
ठोकेनन । डनहरुले 'स्या'
नठोके
नि लुट त ठोकिरहेका थिए । तिनलाई
समेत तर्साएर भड्काए । यस्ता
नि पुलिस हुन्छन ?
अनि
किन नजंगीउन त गृहमन्त्रीज्यू
?
Comments
Post a Comment