भरे बेलुका पानी पर्यो भने ??
त्यतिबेला एक्कासी मेघ गड्गडाउनेछ
बिजुली चम्किने छ
र झपक्कै छोप्ने छ कालोबादलले
हेर्नको लागि आकाशहुने छैन
गन्नको लागी ताराहुने छैन
साच्चै भरे बेलुकापानी पर्योभने
के सोचेर बस्ने होला ,
कुन गीत सुन्ने होला ?
बलेसिमा भेल चल्नेछन
निथ्रुक्क पार्ने छन बाछिटाहरुले
साँझ परेसी बस्तुभाउ बासपसे झै
तछाड्मछाड छिर्ने छन यादहरु
बर्षातको चिसोमा सल्कन्छन यादहरु
र पोल्नेछन भतभती
साच्चै भरे बेलुकापानी पर्योभने
कुन यादमा तड्पने होला,
कुन लेबल पिउनेहोला ?
good writing but seems you have edited it a lot :)
ReplyDeleteधन्यवाद । तर कसरी थाहा भयो मैले जे गरे ??
ReplyDelete