गोप्य बैठक

“पत्रकारले कुरा बिगारे”
कामरेड प्रचण्डजीले भन्नुभयो
“हाछ्यु गर्न पा छैन”
थप्नु भो
“खात खुत्तै लेखिदिन्छन्”
“त्यहि त”
सुशिलजीले भन्नुभयोे
“बोल्न केही पा छैन टीभी रेडियो अखबारमा आइहाल्यो”
थप्नु भो
“उखान छ नि बोल्यो कि पोल्यो ”
“बोल्यो त पोल्यो ठीकै छ”
कामरेड खनालजीले भन्नुभयो
“नबोल्दै आथ्थु बनाई रा’छ यहा“”
थप्नु भो
“प्रम बन्ने भित्रि इच्छा, भन्न पा छैन । बाहिर छताछुल्लै”
“वर्तमान परिपेक्षमा”
माधव कामरेडले भन्नुभयो
“दिमागमा कुरो सोच्न पा छैन कताबाट कुरो खुस्किन्छ
लाइभ टेलिकास्ट”
“हामी नै देशका हर्ताकर्ता”
रामचन्द्रजीले भन्नुभयो
“हामी नै भूमिगत हुनु पर्‍या छ । भ\mयालबाट हेन समेत हुदैन । हरुवा भनेर खिस्याई हाल्छन स्वाठहरु ”
थप्नुभो
“गोप्य बैठकले बढो स्वाद आ’छ”
“गोप्य बैठक त बसियो”
प्रचण्ड कामरेडले भन्नुभयो
“तर गर्ने चाहि के -”
“हामीलाई पूर्ण स्वतन्त्रता छ”
सुशिलजीले भन्नुभयो
“पूर्ण स्वतन्त्रता भएको स्थानमा गर्ने कुरा को के दुःख ?”
“कौडा हानौ”
कामरेड झलनाथजीले भन्नुभयो
“बढो गजप हुन्छ”
“अल्लि हुन्न की -”
कामरेड बाबुरामजीले भन्नुभयो
“जुवा खेल्नाले बाह्रमासे होइन्छ”
थप्नु भो
“जबकी थपिएको संविधानसभाको म्याद पनि छ सात मास बाकी छ ।”
“कामरेडले ठीक भन्नुभयो”
कामरेड माधवजीले भन्नुभो
“कौडा हान्न त पैसो नि पुग्दैन । बजेट आ’ छैन”
थप्नुभो
“कि ल्याउने त बजेट -”
“वाहियात कुरा नगर्नोस”
कामरेड प्रचण्डजीले भन्नुभयो
“गोप्य बैठकलाई उपलब्धिपूर्ण बनाउनुपर्छ”
थप्नुभो
“ठट्टा गरेर नबसौ सहमति निकालौ”
“सहमति के मा निकाल्ने ?”
सुशिलजीले भन्नु भयो
“सरकार की संविधानमा -”
“सरकार र संविधानको कुरा नगरौं”
रामचन्द्रजीले भन्नुभयो
“मलाई वान्ता आउला जस्ते भो”
भुँडी छाम्दै बोल्नु भो
“म बाथरुम गएर आउछु त्यसो गरे कसो होला -”
“यिनले ठीक कुरा गरे”
कामरेड प्रचण्डजीले भन्नुभयो
“मलाई नि किन किन यी कुरा सुन्यो कि पेट हुडलिएर आउछ ।”
थप्नुभो
“अझ प्रधानमन्त्री भन्ने शब्द सुन्ना साथ रिंगटा लागेर आउछ । खुकुरी रम बढी भए जस्तो”
“हसाउनु भो”
माधव कामरेड खित्किताउनु भयो
“मलाई त ‘प्रधानमन्त्री’ शब्द सुन्ना साथ काउकुती लागेर आउछ । त्यसै त्यसै हासो उठेर आउछ गाजा लागे जस्तो ।”
“ठट्टा मात्रै कति गर्ने -”
ओली कामरेडले भन्नुभयो
“केही उपलब्धिमुलुक काम गर तास ल्या’छ कसैले -”
“मैले ल्या’छ” डाक्टर महतजीले भन्नुभयो ।
“हानौ कलब्रेक”
“कलब्रेक नहानौ” कामरेड प्रचण्डजीले भन्नुभयो “कुर्सी सँगको ब्रेक अपको पिडाले पोल्छ ।”
“त्यसो भए फरास खेलौ” सुशिलजीले भन्नुभयो “यसमा मजा आउछ”
“हुन्न” कामरेड खनालजीले भन्नुभयो “म्यारिज खेलौ बरु”
के खेल्ने भन्नेमा सहमति नभए पछि गोप्य बैठक बिना निष्कर्श टुंगियो ।
-(घटना र पात्रहरु काल्पनिक हुन् )

Comments

Popular posts from this blog

ढक : एक मुचुल्का ।

संघीय लोकतान्त्रिक खुदिमु गणतन्त्र नेपाल