यो कुनै कल्पना होइन । यथार्थ हो । राज्यले नागरिकमाथी गरेको अपराधको मुचुल्का हो । गाडामा तरकारी व्यापार गरेर गुजारा चलाउने महिलालाई कुटपिट गरि ढक फाल्दिए पछि गरेको बिलौनाको भिडियोको चित्रात्मक प्रस्तुती हो । जो सोसल मिडियामा व्यापक छ । कतिपय कुराहरु भुल्नै हुन्न । भुल्न लागियो भने पनि आफुलाई चिमोटी चिमोटी ब्युंँझाउनु पर्छ । सम्झाइ राख्नुपर्छ । यो बस्, सम्झिनको लागि राखिएको रिमाइन्डर हो । आमिर अजिजले झैँ - सब कुछ याद रखा जाएगा ।
अचेल उल्का हुन थाल्या छ। देशमा समृद्धि आउन लागेका लक्षणहरु भटाभट देखिन लाग्या छन्। उहिले गाममा भर्खर मुटरबाटो आम्दा बान्द्रेको डिलबाट पिँ~पिँ~प गरेर बस कराए झैँ, अहिले डाँडाँ पारीबाट समृद्धिको हर्न सुन्न थालिएको। मन उसै उसै काउकुतिएको छ। दिलमा खुसी सल्किएको छ। जिन्नकी गुँइठा बाल्या चुलो तर्काउने चिम्नी झैँ भा'छ। उमंग उसैउसै पुत्पुताइरहेको छ। कस्सम, यस्तो हर्क त इतिहासमा कहिल्यै भएको थिएन भनेर कुन चैं तर्कले पुष्टी गरम ? सम्रिद्धि आइ नै सकेको छ। समृद्धि हेर्न ठुल्ठुला भ्यू- टाउरहरु बन्न थालिसकेको छ। तिब्र रुपमा आइरहेको समृद्धिलाई तत्काल आवास उपलब्ध गराउन केही समयअघि चिनका विदेशमन्त्री आउँदा ५००० थान त्रिपाल मागिसकिएको छ। चीनले नि 'हुन्छ दिन्छु' भनिसकेको छ। यसरी तत्काल आवासको व्यवस्था गरिसकेसी भारतसँग कम्बल मागिन्छ। यतैका दाताबाट आन्तरिक श्रोत जुटाएर समृद्धिलाई भोजनका लागी दुई बाक्सा वाइवाई चाउचाउ र ४-५ किलो दालमोठको व्यवस्था गरिनेछ। अनि दाता सम्मेलन गरिन्छ। मनकारीहरुबाट रकम र आश्वासन संग्कलन गरिनेछ। समृद्धिलाई घर बनाउन प्रति परिवा...
Comments
Post a Comment